लमजुङमा ३ बजेसम्म ४० प्रतिशत मत खस्यो

लोकपथ
0
Shares

लमजुङ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि जारी मतदानमा लमजुङमा ४० प्रतिशत मत खसेको छ । निर्वाचन कार्यालय लमजुङका प्रमुख  नारायण सापकोटाका अनुसार अपरान्ह ३ बजेसम्म ५३ हजार १ सय ५४ मत खसेको छ ।

लमजुङका १ सय ३० वटा मतदानस्थको १ सय ८८ वटा मतदान केन्द्रबाट मतदान भइरहेको छ  । लमजुङमा प्रतिनिधिसभा तर्फ एउटा र प्रदेश सभातर्फ २ वटा निर्वाचन क्षेत्र रहेका छन् । प्रतिनिधिसभातर्फ ११ जना र प्रदेश (क) मा ५ जना र प्रदेश (ख) मा ६ जना चुनावी मैदानमा  छन् ।

लमजुङमा जम्मा एक लाख ३३ हजार ५ सय ५९ मतदाता रहेका छन्। जिल्लामा ६८ हजार २ सय ८८ महिला मतदाता रहेका छन् भने ६५ हजार २ सय ७१ पुरुष मतदाता छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?