मतपेटिकामा आगो लागेपछि स्थगित भएको मतदान पुनः शुरु

लोकपथ
49
Shares

काठमाडौं । बाजुरामा मतपेटिकामा आगो लागेपछि स्थगित भएको मतदान पुनः शुरु भएको छ । स्वामीकार्तिक खापर गाउँपालिकाका–१ मा रहेको भगवती आधारभुत विद्यालयमा मतपेटिकामा आगजनी भएपछि स्थगित भएको मतदान सामान्य मुचुल्का उठाएपछि पुनः सुचारु गरिएको हो ।

आगलागी पश्चात स्थिति सामान्य बनाएर पुनः सुचारु गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले लोकपथलाई जानकारी दिए ।

प्रदेश सभाको समानुपातिक तर्फको मतपेटिकामा आगजनी भएपछि निर्वाचन स्थगित भएको थियो । आगजनि कस्ले गरेको भन्ने नखुलेको बताएका प्रजिअ अधिकारीले अहिले भने मतदान भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?