निर्वाचन अपडेट : ५१ प्रतिशत मत खस्यो, १३ स्थानमा पुनः मतदान हुँदै

लोकपथ
154
Shares
!)& jifL{o j[44f/f dtbfg DofUbL, $ dªl;/ M DofUbLsf] dflnsf ufpFkflnsf–@ ?dsf] /fli6«o dflj -s_ dtbfg s]Gb|df dtbfg ub}{ !)& jifL{o h;dgL sfdL . tl:a/M ;Gtf]if uf}td÷ /f;;

काठमाडौं । बिहान ७ बजेबाट सुरु भएको मतदान अहिलेसम्म ५१ प्रतिशत मत खसेको छ ।

निर्वाचन आयोगले तोकेको समयसीमा अनुसार मतदानका लागि अब करिब १ः३० मिनेट मात्र बाँकी रहेको छ ।

हालसम्म करिब ५१ प्रतिशत मत खसेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले लोकपथलाई जानकारी दिए ।

‘हालसम्म देशभर ५१ प्रतिशत हाराहारी मतदान सकियो । देशभर केही ठाउँमा बाहेक मतदानमा अवरोध भएको छैन ।’ पोखरेलले भने ।

त्यसैगरी देशका विभिन्न १३ स्थानमा भने पुनः मतदान सुरु हुन लागेको छ । बिहान ७ बजेबाटै मतदान सुरु भए पनि अवरोधका कारण स्थगित विभिन्न १३ स्थानमा मतदान पुनः सुचारु गर्न लागिएको उनले बताए ।

‘विभिन्न १३ स्थानमा पुनः सुचारु गर्न लागिएको छ ।’ उनले भने ।

देशका विभिन्न स्थानमा मतदानमा अवरोध भएसँगै हवाइ फायर भएको घटनाका विवरणहरु आएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?