दोलखामा हवाई फायर

लोकपथ
182
Shares

दोलखा । दोलखामा हवाई फायर भएको छ ।

मतदानको क्रममा हुलदंगा भएपछि दोलखा हवाई फायर गरिएको जिल्ला प्रशासन कार्यालय दोलखाका प्रमुख भोजराज खतिवडाले लोकपथलाई जानकारी दिए ।

उनका अनुसार कालिञ्चोक गाउँपालिका–१ मा हवाई फायर भएको हो ।

हवाई फायर भएसँगै त्यहाँ मतदान स्थगित गरिएको उनले बताए ।

देशभर आज बिहान ७ बजेबाट मतदान सुरु भएको छ । देशका विभिन्न स्थानमा मतदानबाट हवाई फायर भएका घटनाका विवरण आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?