काठमाडौं । रोल्पाको शुख्वाङमा बिहान ११ बजेसम्म मतदान केन्द्रमा मतदाताको उपस्थिती नभएपछि प्रहरी र नेपाली सेनाको टोली घरमै पुगेको छ । मतदान गर्न कोही नआएपछि किन मतदान गर्न नआएको भन्दै बुुझ्न प्रहरी र नेपाली सेनाको टोली गएको थियो ।
जिल्ला प्रशासन कार्यालय रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले दिएको जानकारी अनुसार ५ घरका रहेको उक्त गाउँमा २५ जना बसोवास गर्दै आएका छन् । प्रहरी र सेनाको टोली मतदान गर्न किन नआएको भनेर बुझ्न जाँदा उनिहरुले आफूलाई कसैले धाक, धम्की नदिएको तर, आफू खुसी मतदान नगरेको जवाफ दिएको बुझिएको प्रजिअ सापकोटाले जानकारी दिए ।
अहिले गाउँका मानिसहरु आएर मतदान गर्न थालेका छन् । जिल्ला भरमा भने हालसम्म २१ प्रतिशत मत खसेको छ । जसमध्ये १५ हजार १ सय २५ जना पुरुष र १५ हजार ७ सय ४७ जना महिलाले मतदान गरिसकेको जानकारी प्रजिअ सापकोटाले लोकपथलाई दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया