चरिकोट । दोलखाको जफेस्थित कालपानी मावि मतदान केन्द्रमा झडपपछि मतदान स्थगित भएको छ ।
एकै पटकमा धेरै मतदाता होहल्ला गर्दै मतदान केन्द्र भित्र प्रवेश गर्न थालेपछि विवाद भएपछि मतदान स्थगित भएको हो ।
त्यसक्रममा स्थितिलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले ३ राउण्ड अश्रु ग्यास र ७ राउण्ड हवाई फायर गरेको छ । अहिले मतदान रोकिएको र मतदानका लागि वार्ता भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया