दार्चुलाको शैल्यशिखरमा हवाई फायर

लोकपथ
70
Shares

काठमाडौं । दार्चुलाको शैल्यशिखर नगरपालिका ५ मालिकार्जुन माविको मतदान केन्द्रमा विवाद भएको छ । विवाद भएपछि स्थिती नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ ।

हवाइ फायरपछि अहिले मतदान रोकिएको छ । मतहाल्न पुगेका एक जना मतदाताको मत पहिल्यै अरुले हालेको पाएपछि विवाद शुरु भएको थियो ।

त्यसपछि स्थानीयबासिन्दाले आक्रोशित हुँदै ढुंगामुठा गर्न थालेपछि ३ राउण्ड हवाई फायर गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?