छिटफुट घटनाबाहेक मतदान शान्तिपूर्ण : निर्वाचन आयोग

लोकपथ
0
Shares

काठमाडौं । निर्वाचन आयोगले मतदानका क्रममा छिटफुट घटनाबाहेक देशभर निर्वाचन शान्तिपूर्ण रहेको जनाएको छ । आइतवार जारी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा  अपरान्ह पौने एक बजेसम्म झण्डै ३२ प्रतिशत मतदान भएको आयोगले जानकारी दिएको छ ।

सामान्य विवादका कारण रोकिएका मतदान केन्द्रमा पुनः सुचारु भइसकेको केहीमा मतदान कार्य सुचारु गर्न राजनीतिक दल एवम् उम्मेदवाहरूबीच छलफल भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

मतदान केन्द्रमा भएको सामान्य विवादका कारण केही समय रोकिएको मतदान कार्य सुचारु गर्न र साँझ ५ बजेसम्म मतदान स्थगित भएको सूचना टाँस नगर्न निर्वाचन आयोगले सबै मतदान अधिकृतहरूलाई निर्देशन दिएको प्रवक्ता पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?