मतदान केन्द्रमा प्रकाशमान सिंह र रवीन्द्र मिश्रबीच जम्काभेट

लोकपथ
13
Shares

काठमाडौं । काठमाडौं १ का चर्चित उम्मेदवारद्वय प्रकाशमान सिंह र रविन्द्र मिश्रबीचमा भेटघाट भएको छ । नेपाली कांग्रेसका उम्मेदवार सिंह र राप्रपाका उम्मेदवार मिश्रबीच आफ्नो निर्वाचन केन्द्रमा भेटघाट हुदाँ रोचक संवाद भएको छ ।

भेटका क्रममा प्रकाशमान सिंहले रविन्द्रलाई मनोनयन दर्तामा भेट भाथ्यो, आज भेटियो र अब ५ वर्षपछि भेटौँला भनेका थिए ।

त्यस्तै, सिंहलाई रवीन्द्र मिश्रले अर्को पटक उम्मेदवारका रूपमा हाम्रो भेट नहोलाभनेका छन् । मिश्रले सिंहलाई विश्राम चाहिएको बताउँदै काठमाडौं १ का मतदातालाई अब आफू चाहिएको बताएका थिए । दुवैले आज बिहान काठमाडौं–१ मा मतदान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?