काठमाडौं । हुम्लाको सर्केगाडमा गाउँपालिका वडा नं-३ देवकोटा आधारभूत विद्यालय उनापानी मतदान स्थलमा झडप पछि रोकिएको मतदान पुन शुरु भएको छ ।
मतदान स्थलमा झडप हुँदा सहायक मतदान अधिकृत र सेनाका हुद्दा गरी दुई जना घाइते भएका थिए ।
घाइते हुनेमा सहायक मतदान अधिकृत प्रेम भण्डारी र नेपाली सेना हुद्दा अर्जुन उपरकोटी रहेका छन् । उनीहरुको टाउकोमा चोट लागेको थियो ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले १७ राउण्ड हवाई फायरसमेत गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया