विवाद उत्पन्न भएपछि बाजुराका पाँच मतदानस्थलको मतदान रोकियो

लोकपथ
42
Shares

बाजुरा । बाजुराको ५ वटा मतदानस्थलको मतदान कार्य स्थगित भएको छ । मतदानस्थलमा गठबन्धन र एमालेका कार्यकर्ताबीच विवाद उत्पन्न भएपछि मतदान स्थगित भएको हो ।

बुढीगंगा नगरपालिका,बुढीनन्दा नगरपालिका त्रिवेणी नगरपालिका,स्वामीकार्तिकमा रहेका ५ वटा मतदानस्थलको मतदान अहिले स्थगित भएको छ ।

विवाद उत्पन्न भएपछि केही मतदानस्थलमा सुरक्षकर्मीले हवाई फ़ायर गरेको र अहिले अवस्था नियन्त्रणमा रहेको प्रहरी नायव उपरिक्षक चतुरभुज ओझाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?