सामान्य विवादकै आधारमा मतदान स्थगित नगर्न निर्वाचन आयोगको निर्देशन

लोकपथ
78
Shares

काठमाडौं । सामान्य विवादकै आधारमा मतदान स्थगित नगर्न निर्वाचन आयोगले मतदान अधिकृतहरुलाई निर्देशन दिएको छ ।

राजनीतिक दल, उम्मेदवार वा निर्वाचन बहिस्कार गर्ने पक्षका कारण कतिपय जिल्लामा मतदान स्थगित भइरहेको छ ।

स्थगित भएको मतदान कार्य तत्काल शुरु गर्न र साँझ ५ बजेसम्म स्थगित भएको सूचना नटाँस्न निर्देशन दिएको आयोगले बताएको छ ।

आयोगले मतदान कार्य स्थगित गर्नैपर्ने भए निर्वाचन आयोगको पूर्वसहमति लिनुपर्ने जनाएको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?