काठमाडौं । कास्कीमा नेकपा बहुमतका कार्यकर्ताले मतपेटिका फुटाएका छन् ।
माछापुच्छ्रे गाउँपालिका-८ तारेबराह आधारभूत विद्यालय लुम्रे मतदान केन्द्रमा नेकपा बहुमतका एक कार्यकर्ताले मतपेटिका फुटाएका हुन् ।
सूर्य परियारले मतदान गरिसकेपछि मतपेटिका उचालेर भुइँमा बजारेका थिए । उनले मतपेटिका फुटाएपछि केहीबेर विवादसँगै मतदान पनि रोकिएको थियो ।
रोकिएको मतदान हाल शुरु भएको छ । परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया