कर्मचारीले प्रतिनिधिसभाको मतपत्र नदिएपछि तुलसीपुरमा रोकियो मतदान

लोकपथ
156
Shares

दाङ  । दाङको तुलसीपुर नगरपालिका १० को एक मतदान केन्द्रमा कर्मचारीको लापरबाहीका कारण मतदान प्रक्रिया रोकिएको छ । ८२ जनाले प्रदेशसभातर्फमात्रै मतदान गरेपछि प्रतिनिधिसभातर्फको मतपत्र नदिइएको पाइएको छ ।

मतदान अधिकृत पुष्पलता घर्तीका अनुसार कर्मचारीले प्रतिनिधिसभातर्फको मतपत्र नदिँदा समस्या आएको बताइन् ।
अहिले उक्त मतदान केन्द्रमा विवाद भएपछि मतदान प्रक्रिया रोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?