बाजुरा । बाजुराका ३ वटा मतदान केन्द्रमा पार्टीगत विवाद हुँदा मतदान रोकिएको छ ।
जिल्लाको बुढिगंगा नगरपालिका–८ को मतदान केन्द्र, बुढीनन्दा–५ र स्वामिकार्तिक खापर गाउँपालिका ३ र ४ को एक केन्द्र तथा त्रिवेणी गाउँपालिकाको ७ र ३ मा मतदान रोकिएको हो ।
राजनीतिक दलहरुबीच विवाद भएपछि ती मतदान केन्द्रको मतदान प्रक्रिया रोकिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बहादुर बिष्टले लोकपथलाई जानकारी दिए ।
बिष्टले दिएको जानकारी अनुसार नेकपा एमाले र कांग्रेसबीच भएको विवादका कारण उत्पन्न झडपका कारण हवाइफायर गर्ने स्थिती उत्पन्न भएको थियो । अहिले स्वामिकार्तिक खापर गाउँपालिका ४ मा मतदान पुनः शुरु भइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया