सप्तरीमा ४ लाख १८ हजार ३७४ जना मतदानमा सहभागी हुँदै

लोकपथ
39
Shares

सप्तरी । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सप्तरीमा ४ लाख १८ हजार ३७४ मतदाता सहभागी हुँदै छन् । आइतबार बिहान ७ बजेबाट सुरु भएको मतदान प्रक्रियामा उनीहरु सहभागी हुनेछन् । जिल्ला निर्वाचन कार्यालय सप्तरीका अनुसार जिल्लामा २ लाख १७ हजार २८२ पुरुष, २ लाख १ हजार ७१ महिला र २१ जना अन्य गरी ४ लाख १८ हजार ३७४ मतदाता छन् ।

१८ वटै स्थानीय तहमध्ये सबैभन्दा बढी राजविराज नगरपालिकामा ४० हजार ६८६ मतदाता छन् । जसमध्ये २१ हजार ६८० पुरुष, १९ हजार ४ महिला र २ अन्य छन् । सबैभन्दा कम बलान बिहुल गाउँपालिकामा १४ हजार ४९८ मतदाता छन् । जसमध्ये ७ हजार ६८९ पुरुष,६ हजार ८०९ महिला रहेको निर्वाचन कार्यालयका प्रमुख रमेशकुमार जोशीले जानकारी दिएका छन् ।

अग्निसाइर कृष्णासवरण गाउँपालिकामा १८ हजार ८९१ छन् । जसमध्ये ९ हजार ३३५ पुरुष, ९ हजार ५ ५२ महिला र ४ अन्य ४ छन् । कंचनरुप नगरपालिकामा ३६ हजार १३४ जना मतदाता छन् । जसमध्ये १८ हजार २९४ पुरुष, १७ हजार ८३६ महिला र ४ अन्य छन् । खडक नगरपालिकामा ३१ हजार ९९७ छन् । जसमध्ये१५ हजार ८३६ पुरुष,१६ हजार १५७ महिला र ४ अन्य छन् ।

छिन्नमस्ता गाउँपालिकामा १७ हजार ९१८ जना मतदाता छन् । जसमध्ये ९ हजार ६८५ पुरुष, ८ हजार २३३ महिला छन् । डाक्नेश्वरी नगरपालिकामा २८ हजार ७१७ रहेका छन् । जसमध्ये १५ हजार १८९ पुरुष, १३ हजार ५२८ महिला छन् । तिरहुत गाउँपालिकामा १४ हजार ७७१ मतदाता छन् ।

जसमध्ये ७ हजार ७९७ पुरुष, ६ हजार ९७४ महिला छन् । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकामा १९ हजार ७६८ जना छन् । जसमध्ये १० हजार ६४३ पुरुष,९ हजार १२५ महिला छन् । बोदेबरसाइन नगरपालिकामा २८ हजार ७०५ रहेका छन् । जसमध्ये १४ हजार ९५३ पुरुष, १३ हजार ७५२ महिला छन् । महादेवा गाउँपालिकामा १७ हजार २२ मतदाता छन्। ९ हजार २९ पुरुष,७ हजार ९९३ महिला रहेका छन् ।

राजगढ गाउँपालिकामा १८ हजार ६२८ जना छन् । जसमध्ये ९ हजार ९६४ पुरुष, ८ हजार ६६४ महिला छन् । रुपनी गाउँपालिकामा १८ हजार २८७ जना रहेका छन् । जसमध्ये ९ हजार ५७७ पुरुष, ८ हजार ७०९ महिला र एक अन्य छन् । विष्णुपुर गाउँपालिकामा १५ हजार १ ४८ मतदाता रहेको जनाइएको छ । ८ हजार १२० पुरुष, ७ हजार २७ महिला र एक अन्य रहेका छन् ।

यसैगरी जिल्लाकै शम्भुनाथ नगरपालिकामा २४ हजार ११२ जना रहेका छन्। जसमध्ये ११ हजार ९८६ पुरुष, १२ हजार १२२ महिला र ४ अन्य छन् । सप्तकोशी नगरपालिकामा १५ हजार ४५४ जना रहेका छन् । जसमध्ये ७ हजार ६८९ पुरुष,७ हजार ७६५ महिला छन् ।

सुरुङ्गा नगरपालिकामा २९ हजार ६९३ जना छन् । जसमध्ये १४ हजार ७०२ पुरुष, १४ हजार ९९० महिला र एक अन्य छन् । हनुमाननगर कंकालिनी नगरपालिकामा २७ हजार ९४५ जना छन् । जसमध्ये १५ हजार ११४ पुरुष, १२ हजार ८३१ महिलाा मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?