आज राति ९ बजेबाट मतगणना सुरु हुने

लोकपथ
39
Shares
फाइल तस्बिर

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले काठमाडौंलगायत तराईका जिल्लामा आज राति ९ बजेबाट  मतगणना सुरु गरिने बताएका छन् । आइतबार भक्तपुरको युनिक नेपाल एकेडेमीस्थित मतदान केन्द्रबाट उनले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको मतदान गर्दै यस्तो बताएका हुन् ।

उनले साँझ ५ बजे मतदान कार्य सम्पन्न भएपछि सबै मतपेटिका संकलन गर्ने कार्य प्रारम्भ हुने बताए । ७ बजेसम्म मतपेटिका संकलन गरी एकघण्टा छलफलको समय राखेर आजै राति ९ बजेदेखि मतगणना कार्य सुरु हुने उनले जानकारी दिए ।

हिमाली जिल्लामा मतपेटिकाहरु आजै जम्मा गर्न नसकिने भएकाले भोलि बिहान ५ बजेसम्म सबै मतपेटिक जम्मा गर्ने र आवश्यक परे हेलिकप्टरबाट मतपेटिका संकलन गरी भोलि ५ बजेबाट नै मतगणना कार्य प्रारम्भ गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?