आफैँलाई भोट दिन नपाउने उम्मेदवार को–को ?(सूचीसहित)

लोकपथ
1.1k
Shares

काठमाडौं । आज देशभर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बिहान ७ बजे देखि मतदान कार्य सुरु भएको छ । अहिलेसम्म शान्त र भएरहित वातावरणमा मतदान भईरहेको छ । यस पटको निर्वाचनमा स्वतन्त्र उम्मेदवारले विभिन्न स्थानबाट उम्मेदवारी दर्ता गराउदाँ र राजनीतिक दलका नेताहरुले टिकट आफ्नो गृह जिल्ला भन्दा बाहिर बाट पाउदाँ कतिपय उम्मेदवार आफैँले आफैँलाई मत दिने अवस्थामा छैनन् ।

आफ्नो मतदाता नामावली रहेको निर्वाचन क्षेत्रभन्दा अर्को निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेकाहरू आफूलाई मतदान गर्नबाट वञ्चित हुनुपरेको हो । त्यसमा कतिपय शीर्ष नेता पनि छन् । यसरी मतदान गर्न नपाउनेमा शीर्ष नेतादेखि अन्य नेतासमेत रहेको निर्वाचन कार्यालयको तथ्याङ्कबाट देखिन्छ ।

आफैँले आफैँलाई मत दिन नपाउने केहि चर्चित उम्मेदवारहरुको नामावली :

केपी शर्मा ओली (नेकपा एमाले)

पुष्पकमल दाहाल (प्रचण्ड)( माओवादी केन्द्र)

ओनसरी घर्ती मगर (माओवादी केन्द्र)

ज्ञानेन्द्रबहादुर कार्की (नेपाली कांंग्रेस)

डा. शशाङ्क कोइराला (नेपाली कांंग्रेस)

प्रदीप पौडेल (नेपाली कांंग्रेस)

मोहनबहादुर बस्नेत (नेपाली कांंग्रेस)

कृष्ण प्रसाद सिटौला (नेपाली कांंग्रेस)

सागर ढकाल (स्वतन्त्र)

रवि लामिछाने (राष्ट्रिय स्वतन्त्र पार्टी)

चित्रबहादुर केसी  (राष्ट्रिय जनमोर्चा)

उपेन्द्र यादव (जनता समाजवादी पार्टी, नेपाल)

महन्थ ठाकुर (लोकतान्त्रिक समाजवादी पार्टी)

राजेन्द्र प्रजापति (नेपाल मजदुर किसान पार्टी)

कल्पना धमलाले (माओवादी केन्द्र)

कृष्णकुमार श्रेष्ठ (नेकपा एस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?