रामकुमारी झाँक्रीले गरिन आफ्ना लागि पहिलो पटक मतदान

लोकपथ
7
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाँक्रीले आफ्ना लागि पहिलो पटक मतदान गरेको बताएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा केही तस्बिरहरु सार्वजनिक गर्दै उनले सोको जानकारी दिएकी हुन् ।

पूर्व सहरी विकास मन्त्रीसमेत रहेकी झाँक्री आज भइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा गुल्मी क्षेत्र नम्बर २ बाट बाम लोकतान्त्रिक गठबन्धनकी साझा उम्मेदवार बनेकी छिन् । उनले आफ्नो लागि प्रत्यक्षतर्फ पहिलो पल्ट मदाने–४ म्यालपोखरीको श्री मेहलेपोखरी माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेकी हुन् ।

उनको फेसबुक पोष्ट :–

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?