निर्वाचनमा भाग लिई आफ्नो मताधिकार प्रयोग गर्न प्रमुख निर्वाचन आयुक्तको अपिल

लोकपथ
78
Shares
sf7df8f}F, # dªl;/ M kqsf/ ;Dd]ngdf k|d’v lgjf{rg cfo’Qm k|ltlglw;ef / k|b]z;ef ;b:osf] ef]ln cfOtaf/ x’g] lgjf{rgsf ;Gbe{df lgjf{rg cfof]udf zlgaf/ cfof]lht kqsf/ ;Dd]ngdf dGtJo /fVg’x’Fb} k|d’v lgjf{rg cfo’Qm lbg]zs’df/ yklnof . tl:a/ M k|bLk/fh jGt÷/f;;

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न आव्हान गरेका छन् । आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुँदैछ ।

‘निर्वाचन, प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशीला भएको र आफूले रोजेको प्रतिनिधिमार्फत शासन संचालन गर्न पाउने जनताको अधिकारलाई निर्वाचनले नै वैधता र सुनिश्चितता प्रदान गर्ने हुँदा आ–आफ्ना मतदान केन्द्रमा उपस्थित भइ निर्धक्क भएर मतदान गर्नु हुन निर्वाचन आयोग सम्पूर्ण मतदातालाई हार्दिक अनुरोध गर्दछ,’ उनले शुभकामना सन्देशमा भनेका छन् ।

निर्वाचन आयोग निर्वाचनलाई कुनै पनि अवाञ्छित गतिविधिबाट प्रभावित हुन नदिइ आस्था, विचार, सिद्धान्त र निष्ठाबाट निर्देशित एवं परिचालित हुने वातावराण बनाउन दृढ संकल्पित रहेकोले यस कार्यमा सबैको सकारात्मक सहयोग र इमान्दार प्रयत्न हुनेछ भन्ने विश्वास गर्ने उनले बताएका छन् ।

‘निर्वाचन व्यवस्थापनको सन्दर्भमा राजनीतिक दल, उम्मेदवार, मतदाता, नागरिक समाज आम सञ्चारलगायत सबै सरोकारवालाहरुको सहयोग र सहभागिताले आयोगलाई आफ्नो भूमिका निर्वाह गर्न थप ऊर्जा, हौसला र प्रेरणा प्राप्त भएकोमा धन्यवाद दिँदै आयोग निरन्तर सहयोगको अपेक्षा गर्दछ,’ थपलियाले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?