काठमाडाैँ । वरिष्ठ अभिनेता हरिवंश आचार्यले आफू तटस्थ बसेर कसैको पक्ष विपक्ष भोट नमागेको बताएका छन् ।आचार्यले डडेलधुरामा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी दिएर चर्चामा रहेका सागर ढकाललाई समर्थन गरेको पोस्ट स्क्रिनसट व्यापक सेयर भए पछि यस्तो अभिव्यक्ति दिएका हुन् ।
आचार्यले भने सो पोस्ट फेक भएको र आफू तटस्थ रहेको स्पष्ट पारेका छन् । उनले फेसबुमा लेखेका छन्, ‘म सुरुको दिनदेखि नै तटस्थ बसेर कसैको पक्ष विपक्ष बोलेको छैन । मेरो फेसबुकको फोटोसप गरेको र यो पोस्ट मेरो आधिकारिक नभएको जानकारी गराउँदछु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया