उदयपुरका २ मतदान केन्द्र महिलाको जिम्मामा

लोकपथ
104
Shares

काठमाडाैँ  । भोली मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा चुनाब गराउन उदयपुरको एउटा मतदानस्थलको जिम्मा महिला नेतृत्वलाई सुम्पिएको छ । प्रतिनिधि सभा क्षेत्र नं. १ अन्तर्गत त्रियुगा नगरपालिका ८ राजाबासस्थित अम्मेबर माध्यमिक विद्यालय मतदानस्थलका २ केन्द्रको चुनाब गराउने जिम्मा महिला नेतृत्वको टोलीलाई दिइएको हो ।

सो मतदानस्थलका २ मतदान केन्द्रमा अधिकृतदेखि कार्यालय सहयोगीसम्म महिला परिचालित हुदैछन् । जस अनुसार केन्द्र (क) को मतदान अधिकृत सुनिता प्रधान र (ख) को मतदान अधिकृत रत्नकुमारी राई तोकिएका छन् । उनीहरुको नेतृत्वमा सबै कर्मचारी महिला परिचालन गरिने जिल्ला निर्वाचन अधिकारी खेमराज कोइरालाले बताए ।

पुरुष समान अधिकार दिने समावेशी सिद्धान्तको कार्यान्वयन गर्ने क्रममा मतदान महिलालाई अधिकृतदेखि सबै कर्मचारीको टोलीमा समावेश गरी परिचालन गर्न लागिएको हो । महिला पनि पुरुष भन्दा कम छैनन् भन्ने कुराको प्रमाण पेश गर्न यो कार्य गरिएको कार्यालयले जनाएको छ ।

एउटा केन्द्रमा मतदान अधिकृत, सहायक अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगी गरी ८ जना कर्मचारी परिचालन गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कर्मचारी बाहेक सुरक्षाकर्मीतर्फ नेपाल प्रहरी र म्यादी पनि मतदान केन्द्रमा परिचालन हुनेछन् । प्रहरी र म्यादी सुरक्षाकर्मीको संख्या भने सबै केन्द्रमा समान नहुने बताइएको छ । मतदानस्थलको संबेदनसिलता अनुसार कुनैमा घटी र बढी परिचालन गरिने जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?