कर्मचारीको निधनप्रति निर्वाचन आयोगले जारी गर्‍यो शोक–विज्ञप्ति

लोकपथ
39
Shares

काठमाडौं । निर्वाचन आयोगले आइतवार (भोलि) हुन लागेको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा खटाएका दुई कर्मचारीको निधन भएपछि शोक विज्ञप्ति जारी गरेको छ ।

निर्वाचनका लागि सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका ४ स्थित फुर्के सामुदायिक वन उपभोक्ता समूह मतदान केन्द्रमा मतदान अधिकृतका रूपमा खटिएका सर्लाही हरिपुरूवा–६ का बिल्टु रायको आज बिहान सुतिरहेको अवस्था र धनकुटा जिल्ला साँघुरीगढी–३ स्थित सिद्धेश्वरी आवासीय विद्यालय मतदान केन्द्रमा सहायक कर्मचारीका रूपमा खटिएकी धनकुटा साँघुरीगढी–४ की पवित्रा लिम्बूको मंसिर २ गते बिरामी परी उपचारका क्रममा निधन भएकोमा दुःख व्यक्त गर्दै आयोगले शोक बक्तव्य जारी गरेको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी उक्त बक्तव्यमा दिवंगत कर्मचारीहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ । निर्वाचनमा खटिएका सबै कर्मचारी र सुरक्षाकर्मीको स्वास्थ्य सुरक्षा र व्यक्तिगत सुरक्षा प्रबन्धका लागि कुनै कसर बाँकी नराख्न आयोगले गृह मन्त्रालयमार्फत सम्बद्ध सबै निकायलाई आग्रहसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?