कञ्चनपुर । कञ्चनपुरमा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)का कार्यकर्ताबीच कुटाकुट भएको छ । शुक्रबार राति जिल्लाको भीमदत्त नगरपालिका–१ राजिपुरमा कांग्रेस र समाजवादीका कार्यकर्ताबीच कुटाकुट भएको हो ।
कार्यकर्ताबीचको झडपमा दुई जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार ४१ वर्षीय कांग्रेस कार्यकर्ता हिक्मतबहादुर विष्ट र एकीकृत समाजवादीका ६४ वर्षीय रतनबहादुर विष्टबीच भएको झडपमा दुबै जनालाई चोटपटक लागेको छ । झगडाको कारण भने अझै खुल्न सकेको छैन । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया