२० माघ २०७९, शुक्रवार

लमजुङमा अत्यावश्यकबाहेकका सवारी साधन सञ्चालनमा रोक

२०७९,मङ्सिर,३,शनिवार १३:२६

72
Shares

लमजुङ । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ अन्तर्गत मंसिर ४ गते आइतबार सवै मतदान केन्द्रमा निर्वाचन हुँदैछ ।

लमजुङमा उक्त दिन अत्यावश्यक बाहेकका सवैखाले सवारी साधन आवतजावतमा प्रतिबन्ध लगाएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि आइतबार मतदानको दिन एम्बुलेन्स, दमकल, दूरसञ्चार सेवा, शव वाहन, अस्पताल तथा स्वास्थ्य सेवा, विद्युत सेवा, खाद्यान्न, फलफूल तथा दूध ढुवानी लगायतका अत्यावश्यक सेवामा सञ्चालित, परिचयपत्र बाहक सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधन र अनुमति लिएका सवारी साधनहरू बाहेकका सवारी साधनहरु गुडन प्रतिबन्ध लगाएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी सुशील बैद्यले मतदानका दिन विहान ६ बजेदेखि बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्म अत्यावश्यक बाहेकका सवारी संचालन नगर्न र नगराउन सार्वजनकि सूचना जारी गरेका छन् । । सूचना विपरीत तोकिएको समयमा सवारी साधन संचालन गरेमा प्रचलित कानुन बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी बैद्यले बताए ।

निर्वाचनको दिनमा असाहय तथा अपांगता भएका व्यक्तिलाई निवासदेखि मतदान केन्द्रसम्म लैजानको लागि वडा कार्यालयको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले पास उपलब्ध गराउने व्यवस्था छ ।

पास नलिइकन सवारी साधन संचालन गरिएमा सवारी साधन जफत गरिने र चालकलाई आवश्यक कारबाही गरिने प्रशासनले जनाएको छ ।

प्रकाशित मिति: २०७९,मङ्सिर,३,शनिवार १३:२६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । संस्थाको जग्गा व्यक्तिको नाममा दर्ता गरिदिने मालपोत कार्यालय पर्साका कार्यालय प्रमुखसहित ६ जना कर्मचारीविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले

काठमाडाैं । अरुको बैंक एकाउन्ट ह्याक गरी रकम निकाल्ने कार्यमा संलग्न आठ जना पक्राउ परेका छन । ललितपुर सातदोबाटोका हरिप्रसाद

काठमाडौं । चितवनका किसानहरू आन्दोलनमा उत्रिएका छन्। भारतीय तरकारीले बजार कब्जा गरेको भन्दै चितवनका किसानहरू तरकारी बोकेर आन्दोलनमा उत्रिएका हुन्।

काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले २०७४ सालको भन्दा कम खर्चमा यस पटकको निर्वाचन सम्पन्न गरेको बताएका

ताजा समाचार

विदेशीन लागेका १२ महिलाको उद्धार
 २०७९,माघ,२०,शुक्रवार २०:३२