काठमाडौं । प्रतिनिधि र प्रदेश सभाको निर्वाचन आउन अब १ दिन मात्रै बाँकी रहेको छ ।
भोलि आइतबार देशैभरी एकै चरणमा देशभर निर्वाचन हुँदैछ ।
निर्वाचनको लागि बुधबार राति १२ बजेबाट आचारसंहिता लागू गरिएको छ । आचारसंहिता लागू भएको मौन अवधिमा उम्मेदवारले कुनै प्रचारप्रसार र मत माग्न पाउनेछैनन् ।
निर्वाचनका लागि मौन अवधि सुरु भए पनि देशका विभिन्न निर्वाचन क्षेत्रमा राजनीतिक दल र उम्मेदवारले आचारसंहिता उल्लंघनका घटनाहरु सार्वजनिक भइरहेका छन् ।
यता निर्वाचन लक्षित विभिन्न स्थानमा शंकास्पद वस्तुहरु समेत भेटिएका छन् ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्धक्क भएर मतदान गर्न आह्वान गरेका छन् ।
देशमा संघीयतामा गएपछिको यो दोस्रो आम निर्वाचन हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया