मतदानमा सहभागी हुन गण्डकीका मुख्यमन्त्रीको आह्वान

लोकपथ
65
Shares

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै योग्य उम्मेदवारको छनौटका लागि मतदानमा संलग्न हुन आग्रह गरेका छन् । एक विज्ञप्ति निकाल्दै उनले गण्डकी प्रदेशका सबै मतदातालाई मतदानमा सहभागी हुन अपिल गरेका हुन् ।

पोखरेलले लोकतन्त्रमा विश्वास गर्ने, जनताको अधिकारको रक्षा गर्न सक्षम, विकासप्रेमी, इमान्दार, कर्तव्यनिष्ठ र सेवा भावले ओतप्रोत उम्मेदवारलाई छनौट गर्न सकेमा मात्र नागरिकको चाहना बमोजिमको सेवा प्राप्त गर्न सकिने उल्लेख गरेका छन् ।

‘हाम्रो मत नै मुलुक रुपान्तरणको आधार भएकाले मतदानको अधिकार विवेकपूर्ण ढंगबाट उपयोग गर्नुहुनेछ भन्नेमा आश्वस्त छु,’ उनले भने ।

मुख्यमन्त्री पोखरेलले लामो र कठोर बलिदानीपूर्ण संघर्षबाट नेपाली जनताले प्राप्त गरेका उपलब्धि रक्षा गर्दै मुलुकलाई आर्थिक तथा सामाजिक उन्नयनको मार्गमा लैजान सक्ने प्रतिनिधि छनौट गर्नु आवधिक निर्वाचनको मुल ध्येय रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?