कास्कीमा आचारसंहिता उल्लंघनका उजुरी अधिकांश फर्छ्यौट

लोकपथ
39
Shares

कास्की । निर्वाचन आचारसंहिताको कार्यान्वयन सम्बन्धमा कास्कीमा हालसम्म १६ वटा उजुरी परेकामा अधिकांश फर्छ्यौट भएको छ ।

जिल्लामा आचारसंहिता कार्यान्वयनको अवस्थालाई सूक्ष्मरूपमा अनुगमन भइरहेको र हालसम्म लिखित, इमेल र मौखिक गरी १६ वटा उजुरी परेकामा अधिकांशतः फर्छ्यौट भएको र केही प्रक्रियामा रहेको अनुगमन समितिका संयोजक रामजीप्रसाद शर्माले जानकारी दिए ।

बिहीबार राति १२ बजेदेखि सुरु स्थिर अवधिमा कास्कीमा अवस्था सामान्य देखिएको छ । मौन अवधि सुरु भएयता अनुगमनलाई निरन्तरता दिइएको र हालसम्म कुनै उजुरी नपरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?