पैसा बाँड्दै गरेको अवस्थामा काठमाडौं ५ मा एमालेका प्रदेश उम्मेदवारसहित नगर अध्यक्ष पक्राउ (भिडियोसहित)

लोकपथ
1k
Shares

काठमाडौं । मतदातालाई प्रभावित पार्न पैसा बाँड्दै गरेको अवस्थामा काठमाडौं क्षेत्र नम्बर ५ मा एमालेका प्रदेश उम्मेदवारसहित बुढानिलकण्ठ नगर अध्यक्ष पक्राउ परेका छन् ।

शुक्रबार राती बुनपा वडा नम्बर ६ की कर्मचारी बुद्ध लक्ष्मी तामाङको घरबाट प्रदेश ख उम्मेदवार दीपक निरौला, एमाले नगर अध्यक्ष प्रदीप डंगोल र वडा अध्यक्ष रवि खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।

बुढालिलकण्ठ नगरपालिका ६ मा एमालेका कार्यकर्ताले मत प्रभावित गर्न पैसा बाँड्न लाग्दै गर्दा उनीहरुलाई प्रहरीले शुक्रबार राति पक्राउ गरेको हो । काठमाडौं ५ मा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल उम्मेदवार रहेका छन् । उनीहरुमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पैसा बाँड्दै गरेको अवस्थामा रंगेहात पक्राउ परेका प्रदेश उम्मेदवार निरौला र प्रतिनिधि सभा सदस्य उम्मेदवार ईश्वर लामिछानेको उम्मेदवारी खारेज गर्नुपर्ने माग गर्दै स्थानीयले नाराबाजी गरिरहेका छन् । प्रदेश उम्मेदवार निरौला नेकपा एमाले काठमाडौं जिल्ला कमिटीका अध्यक्ष समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?