राझामा आकाशे पुलको निर्माण सुरू, अन्य ठाउँमा पनि चाँडै सुरू हुने

लोकपथ
28
Shares
Exif_JPEG_420

काठमाडौं । नेपालगन्ज–कोहलपुर सडकखण्डको राझामा आकाशे पुलको काम सुरू भएको छ। नेपालगन्जका सडकमाथि बन्ने चारवटा यस्ता आकाशेपुल (ओभरहेड ब्रिज) मध्य एउटा राझाको पुलको काम शुक्रवारदेखि सुरू भएको हो।

केही समयअघि नेपालगन्जका चार ठाउँ र कोहलपुरमा एउटा यस्तै पुलको शिलान्यास भएको थियो। एउटा पुलका लागि करिब ८ करोड २१ लाख बराबर लागत रहेका यी पुलहरूको निर्माण एक वर्षभित्र सकिने निर्माण कम्पनीले जनाएको छ।

पुल निर्माणको जिम्मेवारी पाएको डायनामिक कन्ट्रक्सनले यहाँका अरू पुलहरूको निर्माण कार्य पनि चाँडै सुरू हुने जनाएको छ। काम गर्दा कुनै अवरोधहरू नभएमा निर्माण सुरू गरिएको एक वर्षभित्र सबै कामहरू सम्पन्न हुने कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?