काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको निष्ठा कायम राख्न सरोकारवाला पक्षको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । शुक्रबार प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रारम्भिक पर्यवेक्षण प्रतिवेदनको समीक्षाका लागि आम निर्वाचन पर्यवेक्षण समिति (जियोक) द्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘यस पटकबाट आवधिक निर्वाचन कहिले हुन्छ भन्ने खालको अन्योलबाट मुलुक मुक्त भएकाले निर्वाचनप्रतिको निष्ठा कायम राख्न सरोकारवाला पक्षको भूमिका महत्वपूर्ण छ ।’ प्रमुख आयुक्त थपलियाले गत स्थानीय तहको निर्वाचनका क्रममा पर्यवेक्षक संस्थाहरूबाट प्राप्त सुझावका आधारमा यस निर्वाचनमा मतदानस्थल र मतदान केन्द्रहरू मतदाताका लागि पहुँचयोग्य र सहज तुल्याइएको समेत बताए ।
आयोगले सबै पर्यवेक्षक संस्थाहरूबाट प्राप्त वस्तुगत सुझावलाई मार्गदर्शकरूपमा लिने स्पष्ट पार्दै तोकिएको निर्वाचन क्षेत्रमा तटस्थ र व्यावसायिक रूपमा पर्यवेक्षण गरिदिन आग्रह उनले आग्रह गरे । प्रमुख आयुक्त थपलियाका अनुसार आयोगको क्षमताले भ्याएसम्म मतदान स्थल र केन्द्रलाई मतदाताका लागि कम दूरीमा पार्ने गरी व्यवस्था गरिएको तथा मतदाता नामावलीलाई सकेसम्म शुद्ध बनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया