नेपाल लाइफद्वारा ५४ दशमलव ७६ अर्व दाबी भुक्तानी

लोकपथ
52
Shares

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ५४ दशमलव ७६ अर्व दाबी भुक्तानी गरेको छ । यो नेपालको बीमा क्षेत्रमा गरिएको सर्वाधिक दाबी भुक्तानी हो ।

कम्पनीले २०७९ असोज मसान्तसम्म ५ दशमलव ०३ अर्ब मृत्यु दाबी, १५ दशमलव २६ अर्व अवधि समाप्ति दाबी भुक्तानी, र १८ दशमलव ५३ अर्व आंशिक अवधि भुक्तानी गरिसकेको छ । यसका साथसाथै अन्य शिर्षक जस्तै बीमा शुल्क भुक्तानी छुट, स्थायी पूर्ण अशक्तता दाबी, घातक रोग वापतको सुविधा र दुर्घटना मृत्यु लाभ सुविधा अन्तर्गत १५ दशमलव ९४ अर्ब कम्पनीले दाबी भुक्तानी गरिसकेको कम्पनीले जानकारी दिएको छ ।

बीमित र बीमक बीचको करार बमोजिम जोखिमको क्षति पश्चात वा अवधि समाप्ति पश्चातको रकम यथासमयमा भुक्तानी (दाबी भुक्तानी) गर्न नेपाल लाइफ सदैव तत्पर रहेको कुरा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताएका छन् ।

अवधि भुक्तानी दाबी बीमाको अवधि समाप्ति पश्चात भुक्तानी गरिन्छ भने मृत्यु दाबी तथा अन्य क्षतिको दाबी बीमा अवधि भित्र जुन सुकै समयमा घटित घटना पश्चात भुक्तानी गरिन्छ तर बीमा पूर्णतया अभिछिन्न चालू रहनु पर्दछ । त्यस्तै, आंशिक अवधि भुक्तानी, निश्चित अवधिको अन्तराल पश्चात बीमा करारमा तोकिए बमोजिम रकम भुक्तानी गरिने गरिएको छ ।

बीमितहरुलाई छिटोछरितो चुस्त, दुरुस्त, तवरले दाबी भुक्तानी गरिरहेको नेपाल लाइफ इन्स्योरेन्सले देशैभरि सातै वटा प्रदेशमा फैलिएर रहेका १ सय ९७ क्षेत्रीय कार्यालयहरुबाट बीमा सम्बन्धि सम्पूर्ण सेवाहरु गुणस्तरीय रुपमा प्रदान गर्दै आइरहेको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?