लोकपथसँगको सहकार्यमा निर्वाचनसम्बन्धि सम्पूर्ण अपडेट नेपाली पात्रोमा

लोकपथ
897
Shares

काठमाडौं ।  आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको पलपलको ताजा अपडेट समेटिएको ‘आम निर्वाचन २०७९’ का लागि नेपालको पहिलो सामुदायिक एप्लिकेसन नेपाली पात्रोले लोकपथ डटकमसँग सहकार्य गर्ने सम्झौता गरेको छ ।

जिनियस सिस्टम्स प्रा.लिद्वारा सञ्चालित नेपाली पात्रो र इन्की क्विल इन्टरनेशल प्रा.लिले सञ्चालन गरेको लोकपथ डटकमबीच शुक्रबार सहमति भएको हो ।

आम निर्वाचन २०७९ को प्रत्यक्ष तथ्यांक अपडेटसहितको सुविधायुक्त वेवसाइट फिचरिङ वा प्रकाशनका लागि सामग्री उपलब्ध गराउन जिनियस सिस्टम्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष देवकोटा र इन्की क्विलका अध्यक्ष रमेश जम्कटेलले सम्झैता पत्रमा हस्ताक्षर गरेका हुन् ।

लोकपथमा आगामी निर्वाचनको अपडेटलाई नेपाली पात्रोमा फिचर गर्ने उदेश्यले यो सहमति भएको जनाइएको छ । नेपाली पात्रोको आईओस एपस्टोर र एन्ड्रोइड प्ले स्टोर संस्करणमा उपलब्ध नेपालको पहिलो सामुदायिक एप्लिकेसन नेपाली पात्रो र आधिकारीक वेबसाइट https://nepalipatro.com.np मा निर्वाचनसँग सम्बन्धित सबै तथ्यांक तथा प्रत्यक्ष अपडेटलाई पाठक वा प्रयोगकर्ताहरुबीच प्रभावकारी तरिकाले पुर्याउने सहमतिको मुल उद्धेश्य रहेको जिनियसका प्रमुख कार्यकारी अधिकारी देवकोटाले जानकारी दिए ।

त्यस्तै, इन्की क्विल इन्टरनेशनल  प्रधानसम्पादक, सम्पादक तथा सक्रिय पत्रकारहरुलाई तोकेको भूमिका र मिडिया अपडेटको जिम्मेवारीहरु पूरा गर्न इजाजत प्राप्त गरेको संस्था हो । जसको आधिकारिक अनलाइन संस्करण https://Lokpath.com  ले सबै उमेरसमूहलाई जोड्दै आएको छ ।

साथै, निर्वाचन विशेष जानकारी www.election.Lokpath.com  मा पाउन सकिनेछ । जसमा प्रत्येक निर्वाचन क्षेत्रका उम्मेदवारको नामावली, राजनीतिक दलका घोषणा पत्र र निर्वाचनसँग सम्बन्धित सम्पूर्ण अपडेट पाउन सकिनुका साथै अन्य फिचरहरू समेत रहेको लोकपथका सम्पादक राजन कुइँकेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?