काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६ संवैधानिक आयोगहरुमा सचिव तोकेको छ ।
प्रशासन मन्त्रालयले दलित आयोगमा पुरुषोत्तम नेपाल, समावेशी आयोगमा सुरेश अधिकारी, मुस्लिम आयोगमा केदार प्रसाद पनेरु, मधेसी आयोगमा भुपाल बराल, आदिवासी जनजाति आयोगमा रुद्रसिंह तामाङ र थारु आयोगमा रुपनारायण भट्टराईलाई सचिवको रुपमा काम गर्न जिम्मेवारी दिइएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत सहसचिवहरुलाई आयोगको प्रशासनिक कार्य सञ्चालनका लागि मन्त्रीस्तरीय निर्णयबाट सचिवको जिम्मेवारी दिइएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीद्वारा हस्ताक्षरीत विज्ञप्तिमा उल्लेख छ ।
आयोगको कार्यालय नखुलिसकेकाले तत्कालका लागि मन्त्रालय भित्रैबाट काम हुने प्रवक्ता अधिकारीले जानकारी दिए ।
साथै सरकारले यसअघि नै एक आयोगमा सचिवको नेतृत्वमा ३० जना कर्मचारी रहने निर्णय गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया