प्राविधिक समस्याका कारण भोजपुर उडेको निगमको विमान काठमाडौं फिर्ता

लोकपथ
91
Shares

काठमाडौं । काठमाडौंबाट भोजपुर पुगेको नेपाल एयरलाइन्सको ट्वीनअटर विमान प्राविधिक समस्याका कारण बीचबाटै फर्किएको छ ।

१५ जना यात्रु सवार विमान ग्राउन्डेड भएको निगम स्रोतले जनाएको छ । आन्तरिक उडानमा निगमसँग यही एक मात्र विमान भएको र यही विमान नै ग्राउन्डेड भएपछि निगमको आन्तरिक उडान भएको छ ।

निगमले विमान ग्राउन्डेड भएपछि शनिबार निर्धारित उडान समेत रद्द गरेको छ भने टिकट काटेका यात्रु सयौँ यात्रु समेत प्रभावित बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?