सोमबारबाट पोखरा विमानस्थलमा क्यालिब्रेसन उडान

लोकपथ
21
Shares

कास्की । पोखराको पुरानो विमानस्थलबाट भइरहेको आन्तरिक उडान प्रभावित हुने भएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हुने क्यालिब्रेसन उडानका कारण पुरानो विमानस्थलबाट हुने उडान प्रभावित हुने भएको हो ।

आगामी सोमबारबाट नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरामा निर्माण भएको अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षणका लागि क्यालिब्रेसन गर्दैछ । यसका लागि एरोथाई कम्पनीको विशेष जहाज नेपाल आइसकेको प्राधिकरणले जनाएको छ ।

निर्वाचनको भोलिपल्ट अर्थात ५ मंसिरदेखि १२ मंसिरसम्म विमानस्थलमा यान्त्रिक परीक्षणका लागि विशेष जहाजले कैयौं पटक उडान तथा अवतरण गर्नेछ ।

सो क्रममा नियमित उडानहरु भने प्रभावित हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?