निर्वाचन पर्यवेक्षणका लागि दक्षिण कोरिया र मालदिभ्सको टोली काठमाडौंमा

लोकपथ
65
Shares

काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन पर्यवेक्षणका लागि दक्षिण कोरिया र मालदिभ्सको टोली काठमाडौंमा आइपुगेको छ ।

पर्सी आइतबार देशभर हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षेणका लागि दक्षिण कोरिया र मालदिभ्सको टोली काठमाडौं आइपुगेको हो ।

दक्षिण कोरियाका निर्वाचन आयुक्त सोङबेइ काङको नेतृत्वमा तीन सदस्य टोली तथा मालदिभ्सका निर्वाचन आयोगका अध्यक्ष फुवाड थौफिकको नेतृत्वमा दुई सदस्य टोली निर्वाचन पर्यवेक्षणका लागि आएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगकातर्फबाट सहसचिव विश्वप्रसाद अर्याल, उपसचिव एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्याल तथा शाखा अधिकृत दिपेश छाङ्छा र आशिष खत्रीले उहाँहरुलाई स्वागत गरेका थिए ।

निर्वाचन पर्यवेक्षणका लागि भारत, बंगलादेश र भुटानका प्रमुख निर्वाचन आयुक्तसहितका टोलीहरु पनि आउने आयोगले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?