सेञ्चुरी बैंकको पदमपुर शाखा नयाँ ठाँउमा

लोकपथ
39
Shares

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले कात्र्तिक २७ गतेदेखि पदमपुर शाखा नयाँ ठाँउमा सञ्चालनमा ल्याएको छ ।

बैंकका अनुसार पदमपुर शाखा नयाँ ठाँउमा बैंकको अध्यक्ष राजेशकुमार श्रेष्ठले समुद्घाटन गरी सेवा सञ्चालन गरेका हुन् ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख कर्जा अधिकृत राजेश भण्डारीलगायत बैंकका कर्मचारीहरु तथा स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।

देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यका साथ बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ्ग तथा एक्सटेन्सन काउण्टरहरु सञ्चालनमा ल्याई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

बैंकको कुल शाखा संख्या १ सय ४८ छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ्ग र १ सय १५ वटा एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?