वीरगञ्ज । वीरगञ्जमा नक्कली मतपत्र र स्वस्तिक छापसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बाराको कलैया उपमहानगर–१६ का २३ वर्षीय अमिरी राउत कुर्मी र वीरगञ्ज महानगर–१६ इनरुवाका राजन श्रेष्ठ रहेका छन् ।
बा ०१–०२५– च ६६३६ नम्बरको कारमा कलैयाबाट वीरगञ्ज आउँदै गरेको अवस्थामा नेपाल प्रहरी सशस्त्र प्रहरीको उनीहरुलाई पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा सो कार खानतलासी गरेको थियो ।
कारलाई वीरगञ्ज बसपार्क इलाकामा चेकजाँच गर्ने क्रममा १० हजार थान नक्कली मतपत्र, २५० थान स्वस्तिक छाप, ४८ थान स्ट्याम्प प्याड र नगद २ लाख ७२ हजार बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुको साथबाट भेटिएको मतपत्र मध्ये ३ सय जति मतपत्रमा साइकल छाप लगाइएको छ ।
उनीहरु कुन निर्वाचन क्षेत्रको लागि नक्क्कली मतपत्र र रकम लिएर हिंडेका हुन् भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया