हथौडा प्रहार गरी श्रीमतीको हत्या

लोकपथ
14
Shares

दाङ । दाङमा हथौड़ा प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

बबै गाउँपालिका-१ क्विरेनिका ४० वर्षका लालबहादुर बोटेले ३४ वर्षकी श्रीमती खुमी बोटेको हथौडा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न श्रीमान लालबहादुर बोटेलाई ईलाका प्रहरी कार्यालय खिलतपुरले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?