सरकारले मंसिर ४ र ५ गते उद्योग कलकारखाना, निजी प्रतिष्ठान र कार्यालयहरुमा समेत बिदा दिन निर्देशन गरेको छ । गृह मन्त्रालयले नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, यातायात व्यवसायी राष्ट्रिय महासंघलगायतका सरोकारवाला निकायलाई बिहीबार पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो ।
यसअघि मंसिर ४ गतेको आम निर्वाचनका लागि सरकारले ४ र ५ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायहरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सोहीअनुसार निजी क्षेत्रमा पनि बिदा दिन सरकारले भनेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया