२१ माघ २०७९, शनिवार

गठबन्धनको जीत सुनिश्चित : पूर्वप्रधानमन्त्री खनाल

२०७९,मङ्सिर,१,बिहीवार २३:२२

45
Shares

इलाम । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले गठबन्धनको जीत सुनिश्चित भएको बताएका छन् । इलाम क्षेत्र नं १ बाट गठबन्धनका उम्मेदवार खनालले आज फिक्कलमा पत्रकारसँग कुरा गर्दै भने, ‘देशव्यापीरुपमा गठबन्धनका उम्मेदवारको जीत पक्कापक्की जस्तै भएको छ ।’

नेपाली जनताले संविधानको रक्षा चाहेको बताउँदै खनालले पाँच वर्ष गठबन्धनको सरकार बन्ने बताए । ‘देशले स्थिरता खोजेको छ । जनताले संविधानको रक्षा र अग्रगमन चाहेका छन् । मुलुकको चौतर्फी विकासका लागि गठबन्धनले देशभर विजय हासिल गर्दैछ ।’

उनका अनुसार अहिले गठबन्धन एकताबद्ध बनेको छ । ‘हाम्रासामु कुनै चुनौती छैनन् । पाँच वर्षमा मुलुकले काँचुली फेर्छ ।’ यो निर्वाचन आफ्नो अन्तिम चुनावी लडाईं भएको बताउँदै खनालले देश विकासका लागि पाँच वर्ष कार्यकारी प्रमुख भएर काम गर्नसमेत तयार रहेको बताए ।

प्रकाशित मिति: २०७९,मङ्सिर,१,बिहीवार २३:२२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले दुई महिने पार्टी संगठन सुदृढीकरणको अभियान चलाउने भएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपतिका लागि सकेसम्म राष्ट्रिय सहमति खोज्ने र राष्ट्रिय सहमति हुन नसके विचार मिल्नेसँग सहकार्य

काठमाडौं । जापानका प्रधानमन्त्रीले यौनिक अल्पसंख्यकविरुद्ध टिप्पणी गरेका एक जना आफ्ना वरिष्ठ सहयोगीलाई बर्खास्त गरेका छन् । प्रधानमन्त्री फुमियो किशिदाले

बारा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रेस स्वतन्त्रता नभए संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत नहुने बताएकाछन् । बाराको कलैयामा आज

ताजा समाचार