ईश्वर पोखरेल हराउन एमालेनै सक्रिय !

लोकपथ
16.5k
Shares

चुनावी ब्याटलमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई हराउन पार्टीकै एक समूह लागेको पाइएको छ । पार्टीको दशौँ महाधिवेशनमै अध्यक्षका दाबेदार रहेका पोखरेललाई पार्टीको आन्तरिक राजनीतिमा हाबी हुन नदिने रणनीतिका साथ अध्यक्ष केपी ओलीकै योजनामा एक टोली पोखरेलाई हराउन लागिपरेको एमालेका एक पदाधिकारीले बताए ।

ती पदाधिकारीका अनुसार पोखरेलले विभिन्न आन्तरिक र बाह्य कारणले चुनाव जित्ने सम्भावना कम रहेको छ ।
‘एक त उनी आफै विवादित पात्र हुन् । ओम्नी र यति प्रकरण उनकै कारणले भयो । अर्को उनी मतदाताबीच नै लोकप्रिय छैनन्। विगत ५ वर्षमा उनले के काम गरे भन्ने आम प्रश्न छ । साथसाथै स्वतन्त्रको लहरले अर्को चुनौती छ’ उनले भने । साथसाथै पार्टीभित्र अध्यक्ष केपी ओलीलाई टक्कर दिने खतरा उनीबाट नै भएकाले उनलाई साइजमा ल्याउन जरुरी रहेको उनको भनाइ छ ।

‘ईश्वर कमरेड यसअघि महासचिव भइसकेको व्यक्ति हो । संगठनमा अलीली उहाँको चल्छ । त्यसमाथि पार्टीभित्र असन्तुष्टि बढ्दा उहाँले खेल्ने ठाउँ हुनसक्छ । यसतर्फ सचेत हुँदै उहाँलाई साइजमा राख्न जरुरी छ’, ती पदाधिकारीको भनाइ छ ।
ती पदाधिकारीले काठमाडौंमा एमालेको उम्मेदवार रहेका १० क्षेत्रमध्ये पाँच नम्बर जित्ने सूचीमा छैन । बरु क्षेत्र नम्बर २,३ र ९ सहितका क्षेत्र एमालेको जित्ने क्षेत्रको सूचीमा छ ।

ती नेताले पार्टीको आन्तरिक मूल्यांकनमा बढीमा देशभर ५० सिट जित्ने आँकलन छ भने समानुपातिकमा ४० सिट थप्ने देखिन्छ ।
काठमाडौं ५ मा पोखरेललाई मुख्य टक्कर कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले दिने बताइएको छ । पौडेलको लोकप्रियता काठमाडौं ५ मा ह्वात्तै बढ्दा पोखरेलसहितका अन्य उम्मेदवार छायामा परेकोसमेत कतिपयको टिप्पणी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?