ढुक्क भएर मतदान गर्न गृहमन्त्रीको आग्रह

लोकपथ
39
Shares
!_a’6jn,#)sflQs-/f;;_.u[xdGqL tyf g]kfnL sfFu|]; ?kGb]xL If]q=g=#sf k|ltlglw;efsf pDd]bjf/ jfns[i0f vfF0f a’waf/ a’6jndf cfof]lht kqsf/ e]63f6 sfo{qmddf dGtJo JoSt ub}{ .tl:a/ M;’ldqf clwsf/L,/f;;

रुपन्देही । रुपन्देही सदरमुकाम भैरहवामा सत्ता गठबन्धन र विपक्षी गठबन्धनले आज अलग अलग आमसभा गरेका छन् । आसन्न मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनको प्रचारप्रसार गर्ने अवधि आज मध्यरातिदेखि सकिँदैछ । राजनीतिक दलहरुले आजदेखि प्रचारप्रसार तथा मतदाता भेटघाट कार्यक्रम औपचारिक रुपमा कोणसभा तथा आमसभाको माध्यमबाट अन्त्य गरेका छन् ।

भैरहवाको मिलनचोकमा सम्पन्न भएको लोकतान्त्रिक वाम–गठबन्धनको आमसभालाई सम्बोधन गर्दै गृहमन्त्री बालकृष्ण खाणले मुलुकमा शान्ति सुरक्षाको अवस्था मजबुत रहेकाले ढुक्क भएर मतदान गर्न आग्रह गरे । ‘सुरक्षाको सम्पूर्ण तयारी पूरा भएको छ, विभिन्न कार्ययोजना बनाएर निर्वाचन सुरक्षा व्यवस्था चुस्त बनाएका छौँ, सबै देशबासीले आ–आफ्ना मतदान केन्द्रमा गएर ढुक्क भएर मतदान गर्नुहोला ।’ गृहमन्त्री खाणले भने, ‘अहिले पनि सुरक्षा व्यवस्था चुस्त बनाएका छौँ ।’

हिमाल पहाड र तराईमा निर्वाचन क्षेत्र र जिल्लाको संवेदनशीलता हेरेर सोहीअनुसारको सुरक्षा व्यवस्था अपनाइएको उनले जानकारी दिए । मुलुकका चारै निर्वाचन निकायका बीचमा चुस्त समन्वय रहेको र मतदाता, उम्मेदवार, कर्मचारी, निर्वाचनमा खट्ने सबै व्यक्ति, मतपत्रको सुरक्षा गर्नु राज्यको कर्तव्य भएको उनले जिकिर गरे ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका खाणले नेपाली कांग्रेस आगामी निर्वाचनपछि सबैभन्दा ठूलो दल बन्ने दाबी गरे । ‘नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्छ र कांग्रेस नेतृत्वकै सत्तारुढ पाँच दलीय गठबन्धनले सरकार निर्माण गर्न मिल्ने सजिलो बहुमत हासिल गर्दछ ।’ उनले सत्तारुढ गठबन्धनले आसन्न निर्वाचनमा स्पष्ट बहुमत ल्याउने र यही गठबन्धनको सरकार बन्ने पनि दाबी गरे ।

निर्वाचनपछिको प्रधानमन्त्री को हो भन्ने प्रश्नमा उनले अहिले नै यसको निक्र्यौल नभएको र चुनावपछि यसको निर्णय हुने बताए ।

रुपन्देही क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार खाणले यहाँका नागरिकले प्रदेश राजधानीका साथै कृषि मल, बीउको उपलब्धता, सुकुमबासी समस्याको समाधान, श्रमिकका समस्या समाधान, कोरोनाकालमा भएको आर्थिक क्षतिको पूर्ति, पर्यटनका लागि लुम्बिनी क्षेत्रको विशेष विकासजस्ता माग राखेका र आफू नागरिकका सबै समस्यासँग परिचित रहेकाले आगामी दिनमा ती सबै समस्या समाधानमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रहरी प्रशासनले सबैलाई समान रुपमा हेर्न आग्रह

भैरहवामा तीन दलीय गठबन्धनले आयोजना गरेको आमसभामा राप्रपाका तर्फबाट पूर्व गृहमन्त्री निरन्जन थापाले प्रहरी प्रशासनले सबैलाई समान रुपमा हेर्न आग्रह गरे ।

पाँच दलीय गठबन्धन सरकार पुनः बने आर्थिक अवस्था सुदृढ नहुने र विकासका काम पनि अघि नबढ्ने उनको भनाइ थियो । नेपाली कांग्रेसले पनि तीन दलीय तालमेलका उम्मेदवारलाई मत दिने उनको दाबी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?