जुम्ला जीप दुर्घटना अपडेट : घाइते आठमध्ये तीन जनाको अवस्था गम्भीर

लोकपथ
13
Shares

जुम्ला । जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे१च २१८८ नम्बरको जीप दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार तिला गाउँपालिका–४ स्थित रावतवाडामा ताम्तीतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा आठ जना घाइते भएका हुन् ।

दुर्घटनाबाट घाइते हुनेमा अंगराज गिरी, आदिप्रसाद न्यौपाने, सुरज चन्द, राजेन्द्र विष्ट, हरिप्रसाद देवकोटा, आशा चौलागाईं, सिताराम दराई, सुरेश कार्की रहेका छन् । उनीहरू सबैको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । प्रतिष्ठानका वरिष्ठ प्रशासकीय अधिकृत द्वन्दबहादुर शाहीका अनुसार अंगराज गिरी, आदिप्रसाद न्यौपाने र सुरज चन्दको अवस्था गम्भीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?