हिजोको इतिहास र भोलिको भविष्यलाई बोक्ने नेतालाई जिताउनुपर्छ : नेता केसी

लोकपथ
147
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नुवाकोट क्षेत्र नम्बर २ का गठबन्धनका उम्मेदवार अर्जुननरसिंह केसीले मंसिर ४ को चुनावमा हिजोको इतिहास र भोलिको भविष्यलाई बोक्न जिताउनुपर्ने बताएका छन् ।

नुवाकोट क्षेत्र नं २ को वृहत लोकतान्त्रिक बाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै ने्ता केसीले सो कुरा बताएका हुन् ।

ने्ता केसीले निर्वाचनमा लड्ने उमेदवारहरूले म सक्षम छु मेरो एजेण्डा राम्रो छन् भन्नू स्वाभाविक भएको तर जसले हिजोको इतिहास र भोलिको भविष्यलाई बोक्न सक्छ त्यसैलाई जनताले मंसिर ४ मा मतदानमार्फत आफ्नो प्रतिनिधि रोज्नु पर्ने बताए।

कुनै पनि उमेदवारले व्यक्तिगत आलोचना र विरोध गरेर समय खेर फाल्न नहुने बताउँदै केसीले ​जनतासामु आफू र गठबन्धनले स्पष्ट योजना र मन जितेर अगाडि बढेको बताए।

मंसिर ४ गते जनताले आफ्नो प्रतिनिधि चुयन गर्दा सिंहदरबार डराउने प्रतिनिधि छानेर पठाउन आग्रह गरेका छन् ।

सिंहदरबारमै हराउने प्रतिनिधि पठाउन नहुने र राष्टि«य रुपमा आएका अनियमितता र भष्ट्रचारको विरुद्ध म निरन्तर सडक र ससदमा लड्ने तथा जिल्लाबासीको हरेक सुख दुखमा सदैब साथमा रहने बताए ।

नेपाली जनताले पहिलोचोटी प्राप्त गरेको सार्वभौमसत्ता, संविधानको रक्षाको निम्ति पाँच पार्टीबीच गठबन्धन भएको बताए । ‘कुनै व्यक्तिगत रुपले के फाइदा हुने भनेर गठबन्धन गरिएको होइन,’ नेता केसीले भने, ‘संविधान ध्वस्त बनाउनेविरुद्ध गठबन्धन हो ।’ उनले भने ।

सडक, बाटोजस्ता विकास निर्माण, स्वास्थ्य, खानेपानी, सिँचाईका लागि निरन्तर लडिरहने र आफूले र गठबन्धनका साथीहरुले अघि बढाएका विकासका योजनालाई पूरा गर्ने बताए।

तामाङ बस्तीको बाहुल्यता रहेको नुवाकोटमा आफ्नो क्षेत्रमा तामाङ जातिको भेषभुषा र संस्कृति जोगाउन तामाङ संग्रहालय निर्माण गर्ने, उत्तरगया, देवीघाटलगायत महत्वपुर्ण धार्मिक तथा पर्यटकीय स्थलका रुपमा विकास गर्ने,जलविद्युतको विकास गर्ने तथा बेलकोटगढी र विदुर नगरपालिका भित्र उद्योगग्राम बनाउने नेता केसीले भने ।

‘हातखुट्टा चलुन्जेल यो क्षेत्रको विकासमा लागिरहन्छु ।’ उनले
भने ।

त्यसैगरी कृषि कलेज विकास, चियाखेती विस्तार गर्ने र जडिबुटी खेतीको विकास गर्न लागि पर्ने पनि बताए ।

कार्यकमा नेपाली कांग्रेसका प्रवक्ता डाक्टर प्रकाशशरण महत, केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल, प्रदेश उमेदवारहरु बहादुर सिंह लामा, रामप्रसाद ढुङ्गाना तथा नेकपा माओवादी केन्द्रकी सदस्य बिमला सुवेदी र हितबहादुर तामाङ, नेपाली कांग्रेस नुवाकोटका पूर्व सभापति जगदिश्वर नरसिंह केसीलगायतले सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?