विपक्षी पार्टीको चुनावी नतिजा सोचेभन्दा धेरै कम आउनेछ : बालकृष्ण खाँण

लोकपथ
65
Shares

काठमाडौं । गृहमन्त्री खाँणले आसन्न निर्वाचनलाई निष्पक्ष र भयरहीत बनाउन सरकारले आवश्यक सुरक्षा व्यवस्था परिचालन गरिसकेको बताएका छन् । गृहमन्त्री खाँणले स्थानीय तह निर्वाचनको अनुभवबाट सिकेर सरकारले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई भयरहीत वातावरणमा निष्पक्ष रुपमा सम्पन्न गर्न आवश्यक राज्य शक्तिको परिचालन गरिएको बताएका हुन् ।

उनले निर्वाचनका क्रममा हुनसक्ने घटनाहरुलाई मध्यनजर गरी सरकारले नेपाली सेनाको हेलिकप्टर र हवाइजहाजलाई अलर्ट गरिसकेको बताए । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा उम्मेदवारसमेत रहेका खाँणले आफूमाथि लाग्दै आएको आसन्न निर्वाचनका गलत तथ्यांकहरु प्रश्तुत गरेको आरोपबारे सञ्चारमाध्यमहरुले जनमत सर्वे गरी प्रशारण गरेका तथ्यांकहरु नै प्रश्तुत गरेको बताए । उहाँले निर्वाचनबारेका कुनैपनि पूर्वानुमानका तथ्यांकहरु सरकारले प्रश्तुत गर्न नमिल्ने र नगर्ने पनि बताएका छन् ।

उनले आसन्न निर्वाचनबाट नेपाली कांग्रेस देशको ठूरो राजनीतिक पार्टी बन्ने र गठबन्धनकै सरकार बन्ने दाबी गरे । नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका खाँणले विपक्षी दलहरुले सोचेको र देखाएको तामझामअनुसारको निर्वाचन नतिजा नआउने दाबी गरे । गृहमन्त्री खाँणले उम्मेदवार, जनता, मतदाता र निर्वाचनमा खटिएका कर्मचारीको सुरक्षाकोे दायित्व सरकारको भएकाले कुनैपनि राजनीतिक दल र उम्मेदवारहरुलाई सुरक्षा चाहिए सरकार सुरक्षा उपलब्ध गराउन सक्षम रहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?