अबको प्रधानमन्त्री बन्नुपर्छ भन्दै प्रदीप खड्काले मागे गगन थापालाई भोट

लोकपथ
117
Shares

काठमाडौं । अभिनेता प्रदीप खड्काले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई भोट मागेका छन् ।

काठमाडौंं क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका उम्मेदवार रहेका थापालाई खड्काले घरदैलोमै पुगेर भोट मागेका हुन् ।

अभिनेता खड्काले गगन थापाले भावी प्रधानमन्त्रीको रुपमा दाबी गरेर अघि बढ्दा आफूलाई पूर्ण रुपमा विश्वास रहेको बताए ।

त्यसैगरी आफूले पार्टीगत भन्दा पनि व्यक्तिगत रुपमा थापाको समर्थक रहेको बताए ।

‘दाई माथि मलाई विश्वास छ । भावी प्रधानमन्त्रीको रुपमा दाईले आफूले आफूलाई जसरी दाबी देखाइरहनुभएको छ ।’उनले भने, ‘त्यसमा म कन्फिडेन्स छु की, पार्टी भन्दा पनि व्यक्तिगत हिसाबले म दाईको समर्थक हो ।’

त्यसैगरी अभिनेता खड्का जस्ता युवाहरुले मैदानमै आएर व्यक्तिगत रुपमा मत मागेको भन्दै खुसी व्यक्त गरे ।

खड्काले यसअघि नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी, दिपक बोहरा लगायतलाई मत मागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?