टालटुले गठबन्धन देशका लागि घातक छ,एमालेलाई जिताउनुस् : अध्यक्ष ओली

लोकपथ
14
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले टालटुल गरी दल बटुलेर बनाइएको गटबन्धन मुलुकका लागि घातक भएको बताएका छन् ।

सुनसरीको निर्वाचन क्षेत्र नम्बर ४ को चुनावी सभालाई सम्बोधन गर्दै बुधवार अध्यक्ष ओलीले गठबन्धन दललाई पत्रु गठबन्धनको संज्ञा दिएका हुन् । उनले तत्कालीन गठबन्धनले देशलाई विकास र समृद्ध बनाउन नसक्ने दाबी गरे । उनले तत्कालीन गठबन्धन देश बनाउनका लागि नभइ सरकार कब्जा गर्ने र देश लुटेर खाने गठबन्धन भएको बताए ।

अध्यक्ष ओलीले देशलाई विकास र समृद्धिको दिशामा अघि बढाउन आसन्न निर्वाचनमा नेकपा एमालेलाई जिताउन आवश्यक भएको बताए । उनले गठबन्धनले १५/२० वर्षसम्म गठबन्धन रहन्छ भनेर दाबी गरेपनि गठबन्धन १५ वर्ष रहन्छ भन्नेलाई आसन्न निर्वाचनमा मतदाताले जवाफ दिने बताए । टुक्रेहरुलाई भोट दिएमा देशमा सुशासन कायम नहुने बताए ।

अध्यक्ष ओलीले (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले घरमा आगो लगाएर नेपाली कांग्रेसको पालीमा वास बस्न पुगेको बताउनु भयो । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा एमालेले जगदीश कुसियैतलाई उम्मेदवार बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?