१४ जेष्ठ २०८०, आईतवार

मंसिर ४ देशको भविष्यको फैसला गर्ने दिन : उपसभापति गुरुङ

२०७९,कार्तिक,३०,बुधबार २०:२८

54
Shares

स्याङ्जा । स्याङ्जा क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यका नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनले राजनीतिक भविष्यको फैसला गर्ने बताएका छन् । गल्याङ–३ मा भएको घरदैलो तथा कोणसभालाई सम्बोधन गर्दै कांग्रेसका उपसभापति गुरुङले कस्तो नेतालाई मत दिन्छौँ यसैका आधारमा भविष्यको फैसला हुने बताए ।

‘हामीले कस्तो प्रवृत्तिको नेता चुन्छौँ त्यसैको आधारमा भविष्यको निर्धारण हुन्छ’, उनले भने, ‘जस्तो प्रवृत्तिको नेता चुन्छौँ त्यहीअनुसारको भविष्य निर्धारण हुन्छ, त्यसैले मंसिर ४ गते आफ्नो मतबाट फैसला गर्नुहोस् ।’ गरिब जनताले खाइनखाइ तिरेको करबाट ठूला र पहुँच भएकाले राज्यको ढुकुटीबाट स्वास्थ्य उपचार गर्ने तर तिनै जनताले सामान्य बिरामी हुँदा पनि सिटामोलसमेत नपाउने अवस्थाको अन्त्य हुनुपर्ने उनले बताए ।

‘गरिब जनताले दिएको मतबाट विजयी बन्ने र राज्यको ढुकुटीबाट स्वास्थ्योपचार गर्ने प्रवृत्ति पनि भ्रष्ट प्रवृत्ति हो’, उनले भने, ‘हामीले व्यवस्था बदल्यौँ तर अवस्था बदल्न सकिरहेका छैनौँ, भ्रष्ट प्रवृत्तिको विरुद्ध मत दिएर अवस्था बदल्ने दिन मंसिर ४ गतेको दिन हो ।’ निर्वाचनको मिति नजिकिँदै जाँदा विभिन्न उम्मेदवारले पनि निर्वाचन केन्द्रित गतिविधिलाई तीव्र पारेका छन् ।

प्रकाशित मिति: २०७९,कार्तिक,३०,बुधबार २०:२८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसको सुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर नेपाल (सिडेन) को अध्यक्षमा इन्जिनियर लक्ष्मण केसी निर्वाचित भएका छन्

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा रेशम चौधरीसहित १९ जना व्यक्तिहरुलाई कैद सजाय मिनाहा गरेका छन् । जेठ

काठमाडौं । गणतन्त्र दिवसका अवसरमा ४८२ जना कैदीहरुले आम माफी पाएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले हेमबहादुर थलङ सहित

काठमाडौं । टिकापुर हत्या काण्डका दोषी पूर्व सांसद रेशम चौधरीलाई आम माफी दिने तयारीबारे सर्वोच्चमा रिट परेको छ । आइतबार

ताजा समाचार

गणतन्त्र दिवसमा ४८२ कैदीले पाए आममाफी
 २०८०,जेष्ठ,१४,आईतवार १८:१९